बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ

बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ

बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका नेता एवम् बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न नसकेको आरोप लगाएका छन् ।बीपी विचार राष्ट्रिय समाजको सातौं साधारणसभामा उनले बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोर भएको टिप्पणी गरे ।

वीपीका विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दलको मेलमिलापबाट मात्र मुलुकले निकास पाउने उनको भनाइ थियो ।कांग्रेस नेता विनयध्वज चन्द र गोविन्दराज जोशीले शीर्ष नेताहरुको कार्यशैलीका कारण नेपाली कांग्रेस पराजित हुनुपरेको बताए । बीपीको आदर्श र सिद्धान्तप्रति इमान्दार भएर लाग्नुपर्ने उनीहरुको भनाइ थियो । त्यस्तै वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारण सभा काठमाडौंमा भइरहेको छ ।

सभामा वीपी विचार राष्ट्रिय समाजका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेश सभाका पदाधिकारी, केन्द्रीय विभागका संयोजक एवं सदस्यहरु, प्रदेश सभाका पदाधिकारीहरु , जिल्लाका जिल्ला सभापतिहरु सहभागी छन् ।

सरकार हरेक क्षेत्रमा असफलः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका छन् । नेपाली कांग्रेस रौतहट–काठमाडौं समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले वर्तमान सरकारबाट जनता निराश भएको बताए । जनचाहना अनुसारका काम सरकारले गर्न नसकेको भन्दै उहाँले सरकार भ्रष्टाचारमुखी भएको आरोप लगाए । गलत कार्यशैलीका कारण वर्तमान सरकार पाँच बर्ष नटिक्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी अन्य नेताहरुले भने कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने भन्दै जागरण अभियानमार्फत् पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका