भर्जि्नियामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाए, ११ जनाको मृत्यु – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

भर्जि्नियामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाए, ११ जनाको मृत्यु

अमेरिका, १९ जेठ । अमेरिकाको भर्जि्नियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जि्निया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए ।  प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित