सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक – Samacharpati Samacharpati सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ ।

दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।सरकारका तर्फबाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी हुनुभएको थियो ।

दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्च सुरक्षा सतर्कतासहित वार्ता सुरु भएको हो ।खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको हो । विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता(कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका