विश्वकप क्रिकेटः श्रीलंका र न्यूजिल्यान्ड तथा अफगानिस्तान र अस्ट्रेलिया भिड्दै | Samacharpati        
Home | About Us | Contact | Unicode |

विश्वकप क्रिकेटः श्रीलंका र न्यूजिल्यान्ड तथा अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

१९ जेठ । आईसीसी विश्वकपमा आज दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार सवा ३ बजे न्यूजिल्याण्ड र श्रीलंका तथा साँझ अफगानिस्तान र अस्ट्रेलिया भिड्दै छन् । श्रीलंका र न्यूजिल्याण्डबीचको खेल कार्डिफस्थित मैदानमा हुनेछ । न्यूजिल्याण्डलाई विश्वकपमा डार्क हर्स भन्ने गरिन्छ ।उसले यो संस्करणमा पनि यो छवी कायम राखेको छ । एकदिवसीय विश्व वरियतामा न्यूजिल्याण्ड तेस्रो स्थानमा छ । श्रीलंका भने यो संस्करणमा कमजोर देखिएको छ । विश्व वरियतामा श्रीलंका नवौं स्थानमा छ ।

अघिल्लो संस्करणमा श्रीलंका क्वार्टर फाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।यसैगरी आजै हुने अर्को खेलमा विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले सवैभन्दा सफल टिम मानिँदै आएको अस्ट्रेलियासँग खेल्दै छ । विश्वकपका ११ संस्करण सकिँदा अस्ट्रेलियाले ५ उपाधि जितिसकेको छ । तर यो संस्करणमा अस्ट्रेलियालाई केही कमजोर आंकलन गरिएको छ ।यसअघि हिजो भएको खेलमा वेस्ट इन्डिजले शानदार सुरुवात गरेको छ ।

वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले सहजै पराजित गर्दै शानदार सुरुआत गरेको हो । सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले २१ दशमलव ४ ओभरमा १ सय ५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको टिम १३ दशमलव ४ ओभरमा लक्ष्य पुरा गरेको थियो । खेलमा क्रिस गेलको ५० रन र निकोलस पुरनको ३४ रनको मद्दतले वेस्ट ईन्डिजले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित