ब्राजिललाई कडा झड्का, ब्राजिलियन सुपरस्टार नेयमार कोपा अमेरिकामा सहभागी नहुने | Samacharpati        
Home | About Us | Contact | Unicode |

ब्राजिललाई कडा झड्का, ब्राजिलियन सुपरस्टार नेयमार कोपा अमेरिकामा सहभागी नहुने

३१  जेठ  । कोपा अमेरिका सुरु हुनलाग्दा ब्राजिल प्रतियोगिताको सबैभन्दा उत्कृष्ट लयमा रहेको टोली भएता पनि ब्राजिलियन सुपरस्टार नेयमार चोटका कारण घरेलु मैदानमा हुने कोपा अमेरिकामा सहभागी नहुने भएसँगै ब्राजिललाई कडा झड्का भने लाग्ने देखिन्छ । कोपा अमेरिका सुरु हुनुभन्दा केहि दिन अघिमात्र कतारविरुद्ध मैत्रीपूर्ण खेलका क्रममा नेयमार घाइते भएपछि यसको असर टिमलाई राम्रैसँग पर्ने भए पनि ब्राजिलले भने नेयमार बिनाको खेलमा पनि टिमलाई घाटा नहुने दाबी गद्र्यै आएको छ ।

उसले ब्राजिलको मुख्य डिफेन्डरका रुपमा अनुभवी डिफेन्डर थियागो सिल्भा र मिरान्डा रहने भएका कारण टिमले राम्रो खेल खेल्ने दाबी गरिरहेको छ । यी दुईलाई युवा खेलाडीद्वय पीएसजीका मार्किन्होस र रियलका नयाँ डिफेन्डर इडर मिलिसाओले आवश्यक पर्दा सहयोग गर्ने बताइएको छ ।

पछिल्लो १० खेलमा ब्राजिलले ९ जित र १ बराबरी खेलेको कारण पनि ब्राजिल ढुक्क छ । कोपा अमेरिकामा सहभागिता जनाइरहेका अन्य ठूला टोली भने खासै राम्रो लयमा नहुनु र ब्राजिलले पछिल्ला ३६ खेलमा १० गोल मात्र खाएको छ । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र आर्थरको उपस्थितिका कारण ब्राजिलको उपाधि सम्भावना बलियो भएको ब्राजिलले दाबी गर्दै आइरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित