२०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने – Samacharpati Samacharpati २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने

२०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने

२०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने जनाएको छ ।

दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ ।कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न१० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले बताए । यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने र शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने उनले जानकारी दिए ।

पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका