तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु – Samacharpati Samacharpati तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१६ फागुन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ ।

दुर्घटनामा एक युवती घाइते छन् भने  मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका