सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत | Samacharpati        
Home | About Us | Contact | Unicode |

सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

पोखरा, १९ जेठ । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन हो त्यो ठाउँमा पनि दुई रात विएर मापनका काम सकेर नै फर्किएको बताए । नापी कार्यालय कास्की प्रमुख समेत रहेका गौतमलाई कार्यलयमा गरेको सम्मान कार्याक्रममा उनले सर्वोच्च शिखर सगरमाथाको उचाई मापनको ऐतिहासिक कार्य भएको बताए । उनले आखाँभरी आसु पार्दै नेपाली कर्मचारीले जस्तो सुकै काम पनि सम्पन्न गर्न सक्छने भन्ने देखाउन सफल भएको बताएका छन् ।

गौतमले सगरमाथा चढेर झन्डा फर्फराउनु भन्दा उचाइ मापनका लागि डाटा संकलन गर्नु धेरै चुनौति पुर्ण रहेको बताए । निकै चुनौतिपुर्ण ढङ्गले ८ हजार मिटरमा राष्ट्रको गौरवको लागि जिवन प्रवाह नगरि अघि बढेको उनको भनाई थियो । जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो । उनले फर्किने क्रममा सगरमाथामा ट्राफिक जाम भएर करिब दुई घण्टा पर्खनु परेको बताए । सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली गएको थियो । जसमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो । उनले नापीका डाटाहरु संकलन भइरहेका कारण मंसिरमा उचाइ सार्वजनीक गर्ने बताएका थिए ।

गौतमलाई कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सफल कार्यकालको स्वागत गर्दै आफनो लक्ष्य पूरा गरेर सकुसल फर्किएकोमा खुशी व्यक्त गरे । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाई मापन गर्नु आफैंमा गौरवमय भएको बताए । २०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तराष्र्टि«य बहस शुरु भएपछि नेपालले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने काम गरेको हो । गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो । कास्कीको माछापुच्छे गाउँपालिकामा जन्मिएका गौतमलाई शुक्रबार नै गाउँपालिकाले पनि सम्मान गरेको छ । शुक्रबार नै एचआइभि संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर पोखरा फर्किएका छन् । उनलाई पनि पोखरा विमानस्थलमा विभिन्न संघ सस्थाले स्वागत गरेका छन् ।

सागर राज तिमिल्सिना

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित