कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा नागरिक आन्दोलित – Samacharpati Samacharpati कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा नागरिक आन्दोलित – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा नागरिक आन्दोलित

कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा नागरिक आन्दोलित

कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा  नागरिक आन्दोलित

कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा वृहत नागरिक आन्दोलनले सांकेतिक रुपमा पोखरी बनाएको छ ।

वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् । पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल भएको थियो ।

त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । आन्दोलनका सहभाागीले माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् । उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका छन् । पोखरीको कमल फुल्ने ठाउँमा पानी जम्मा पारेको आन्दोलनका सहभागीले बताएका छन् ।यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका