सामुदायिक वनको आगो युवाहरूबाट नियन्त्रण – Samacharpati Samacharpati सामुदायिक वनको आगो युवाहरूबाट नियन्त्रण – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • सामुदायिक वनको आगो युवाहरूबाट नियन्त्रण

सामुदायिक वनको आगो युवाहरूबाट नियन्त्रण

सामुदायिक वनको आगो युवाहरूबाट नियन्त्रण

हुम्ला । सिमकोट गापा वडा नं ७ मा रहेको ओखरेन सामुदायिक वनमा लागेको आगो तीन दिनपछि ६० जना स्थानीय युवाहरूको नियन्त्रण गरेका छन् । यसबाट ठूलो क्षति हुनबाट बचेको छ ।

अज्ञात समुहले लगाएको आगो स्थानीयवासीहरूले नियन्त्रण गर्न नसक्दा पुरै वन नै विनास हने चिन्ता बढी रहेको थियो । आगो बढ्दै जाँदा स्थानीयहरूले तीन दिनदेखि आगो नियन्त्रण गर्न सकेका थिएनन् । उक्त सामुदायिक वनका अध्यक्ष मन्दिर सिहंको पहलमा गाउँका ६० जनाभन्दा धेरै युवाहरु जम्मा गरेर आपतकालिन उद्धार गरि आगो नियन्त्रण गरिएको उक्त सामुदायिक वनका सचिव हरीबहादुर शाहीले जानकारी दिनुभएको छ ।

अब उक्त सामुदायिक वनमा कोही कसैलेलाई पस्न नदिनका लागि वन पहरेदारको व्यवस्था गरिएका त्यहाँ पस्न कठिकडाउ समेत गरिएको छ । उक्त आगलागीट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका