यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह – Samacharpati Samacharpati यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह – Samacharpati
Samacharpati
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता नहुने बताएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, गुट र फुटमा रमाउने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मलोचक ढंगले नयाँ रुपमा प्रस्तुत नगरेसम्म यो खाली कुरा मात्र हुन्छ ।’

बैठकले मुल पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी सम्हाल नेताहरुलाई आग्रह गरेको छ । स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको ठहर गरेको छ र, यसले संविधान र लोकताको रक्षा गरेको प्रचण्ड माधव समूहको ठहर छ ।

संसद विघटनको असंवैधानिक कदम चाल्ने प्रधानन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै यो समूहले नभए संविधान अनुसार अगाडि बढ्ने बताएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका