नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली – Samacharpati Samacharpati नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए ।

‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर गरे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका