केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए ,यता बामदेव गौतम भन्नेहुन्छ प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ – Samacharpati Samacharpati केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए ,यता बामदेव गौतम भन्नेहुन्छ प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए ,यता बामदेव गौतम भन्नेहुन्छ प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए ,यता बामदेव गौतम भन्नेहुन्छ प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए ,यता बामदेव गौतम भन्नेहुन्छ प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।आफ्नो सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे उनले स्थायी कमिटी बैठक बोलाएका हुन्। उनी निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए।सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो।नेता मण्डलले अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने जानकारी दिए।

To;}u/L g]पाल कम्युनिस्ट पार्टी -नेकपा_ उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा मागेका छन् ।बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने जनाएका छन् ।

उपाध्यक्ष गौतमले दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन समेत अनुरोध गरेका छन् । उनले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने समेत बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो,’ विज्ञप्तिमा उल्लेख छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका