गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला – Samacharpati Samacharpati गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेछन्,’ एसपी सुरेन्द्र बहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘हामीलाई खबर गरेपछि बारपाकको टोली घटनास्थल पुगेको छ ।’

मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको एसपी गुरुङले बताए । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ उनले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका