स्याङजा र तनहुँमा सवारी दुर्घटना २ जना घाईते – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

स्याङजा र तनहुँमा सवारी दुर्घटना २ जना घाईते

स्याङ्गजा, ३० जेठ । मिति २०७६/०२/३० गते वालिङ नगरपालिका- ८ कटहर बोटमा वालिङ मोड बाट भुम्रे तर्फ जाँदै गरेको लु ३३ प ८१५१ नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने साईकल यात्री वर्ष ३१ को यम बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिती २०७६/०२/२९ गते म्याग्दे गाउँपालिका- १ तल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट थर्पु तर्फ जाँदै गरेको लु २२ प ८८२१ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ६८ को थाल बहादुर श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७६/०२/३० गते ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित