विरेठाँटीमा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

विरेठाँटीमा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न

पोखरा, ३० जेठ । कास्कीको विरेठाँटीमा एक दिने पशु स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना तथा अन्नपूर्ण गाउँपालिको व्यवस्थापनमा वडा नं ८ अन्र्तगत विरेठाँटीमा बुधबार शिविर सम्पन्न भएको हो ।

एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण सम्बन्धी शिविरमा भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्रका चिकित्सक ठगेन्द्र प्रसाद अर्याल, पशु बिकास अधिकारी सहदेव पौडेल, निर्देशनालयका बरिष्ठ मत्स्य विकास अधिकृत साथै प.बि.अ सुरेश कुमार श्रेष्ठले आ–आफ्ना भनाई राखेका थिए ।

शिविरमा अन्नपूर्ण गाउँपालिका ८ का सबै टोल, वडा ७ को विरेठाँटी एक्कुवार ६ को हाईजुङ् तथा वडा नं ५ को नयापुल झोबाङ लगायतका विभिन्न २ सय कृषकका १५ सय भन्दा बढी पशुपन्छीको चेकजाँच तथा २ लाख रुपैयाँ बराबरको औषधि निशुल्क वितरण गरीएको लिलाधर अधिकारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका वडा नं ८ का वडाध्यक्ष विजय गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य लिलाधर अधिकारीले राखेका थिए भने सञ्चालन पशु सेवा प्राविधीक ऋषि दाहालले गरेका थिए ।

निर्मल रामदाम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित