जोडिनुहोस
  • होमपेज
  • कास्की बाट लमजुङ सरुवा भएका डिएसपी रविन्द्रमानले अपराधको जड मदिरालाई नियन्त्रण गर्ने

कास्की

कास्की बाट लमजुङ सरुवा भएका डिएसपी रविन्द्रमानले अपराधको जड मदिरालाई नियन्त्रण गर्ने

पोखरा, ३० जेठ । कास्की प्रहरी प्रवक्ताबाट  प्रहरी प्रमुखका रुपमा लमजुङ सरुवा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रविन्द्रमान गुरुङले घरेलु मदिरा नै अपराध को मुख्य जड भएकाले पहिला घरेलु मदिरालाई नियन्त्रण गर्ने घोषणा गरेका छन् ।

उनले जिल्लाको शान्ति सुरक्षासँगै घरेलु मदिराको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।बुधबार जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक अन्तरक्रिया गर्दै गुरुङले अपराध हुन नदिन र भईसकेका घटनाहरुमा प्रहरी कारवाहीलाई शून्य सहनशिलतामा विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

उनले जिल्लामा समूदायमा हुने अपराध जन्य क्रियाकलाप, महिला हिंसा, बलत्कारजस्ता जघन्य अपराधमा कुनै सम्झौता नहुने दाब गरेका छन् । उनले जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनको विषयमा अध्ययन गर्दा ठूला अपराधिक क्रियाकलाप नरहेको दावी गरेका छन् । घरेलु मदिरा, जुवातास, पर्यटन र जलविद्युतसँग जोडिएका संवेदनशिलता र केही तस्करीजस्ता विषयलाई प्राथमिकतामा राखेको उनको भनाई रहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका