पाेखरा । पोखरामा यहि फागुन १६ गतेदेखि २२ गतेसम्म १४ औं संस्करणको वि.टी कप, खुल्ला, नकआउट अन्तर क्लव स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक बुद्घटोल युवा क्लवले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो । क्लवका सल्लाहकार विरेन गुरुङको स्मृतिमा गर्न लागिएको उक्त प्रतियोगितामा कुल ५० क्लवको सहभागिता रहने प्रतियोगिताका प्रचारप्रसार संयोजक अमृत गुरुङ लामाले जानकारी दिनु भयो ।
पोखरा १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने उक्त प्रतियोगिताको विजेताले नगद रु.१ लाख ३२ हजार २ सय २२ र उपविजेताले रु. ८२ हजार २ सय २२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, हाईस्कोरर, डिफेन्डर लगायत अनुशासित क्लवलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ ।