टोलका समस्या मिलेर हल गरौं :- प्रनाउ शाह–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • टोलका समस्या मिलेर हल गरौं :- प्रनाउ शाह

टोलका समस्या मिलेर हल गरौं :- प्रनाउ शाह

टोलका समस्या मिलेर हल गरौं :- प्रनाउ शाह

पोखरा, ३० जेठ । पोखरा महानगरपालिका वडा नं. ८ मा गठन भएको सामुदायिक प्रहरी सेवाकेन्द्रको आयोजनामा भएको छलफलका क्रमका वैदाम प्रहरी चौकीका प्रमुख प्रनाउ कोमल शाहले टोलको समस्या टोलबासी संगै मिलेर गर्ने वताएका छन् । उनले शान्ति सुरक्षा सुदृढ गर्न समुदायसंग मिलेर गरे मात्रै सम्भव छ । त्यसको लागि आफ्नो टोलको कुन क्षेत्रमा के समस्या हो प्रस्ट किटानीका साथ टोलवासीले प्रहरीलाई जनाकारी गराएको अवस्थामा सहज हुने वताएका हुन् ।

सो अन्तक्रिर्या कार्यक्रम सहभागी स्थानियहरुले साँझ परेपछि अपरिचित व्यक्तिहरुको चहलपहल वढ्ने भएकोले असुरक्षाको महशुस हुने वताउँदै दोहोरी साँझहरुबाट राती निस्कने प्रायः मापसे गरेका हुने र उनिहरुको भित्रि सुरक्षित वाटो आफ्नो क्षेत्रभएकोले पनि रातको समयमा होहल्ला हुने वताएका छन् । पुर्णिंमा हलको पश्चिम, पोखरा ट्रेड मल अगाडि वाटो साधुँरो भएको पार्किङको समस्या, घर भाडामा वस्नेहरुको परिचयको अभावलगाएतका धेरै समस्या भएकोले प्रहरीको सक्रियता वढाउनु पर्ने स्थानियको मुख्य माग राखेको थिए ।

पोखरा ९ की वडा सदस्य एवं समुदाय प्रहरी साँझेदारी अन्र्तगत गठित पोखरा महानगरपालिका वडा नं. ८ स्थित समुदाय प्रहरी टोल समितिकी संयोजक गीता चर्माकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक विजय भण्डारी, प्रसनि मोहन विक र तुल्सीघाट अस्थायी प्रहरी विटका इन्चार्ज कमल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका