युवाउद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह | Samacharpati        
Home | About Us | Contact | Unicode |

युवाउद्यमीलाई राजनीतिमा लाग्न डा. बाबुराम भट्टराईको सल्लाह

काठमाडौं, ३० जेठ । नेपाल उद्योग परिसंघको युवाउद्यमिमञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल”भन्ने शिर्षकमापूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमाअन्तरक्रियाआयोजना गर्यो । सो अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईका प्रमुख सल्लाहकार प्रशान्त सिंह पनि उपस्थित हुनुहुन्थ्यो । अन्तरक्रियाको मूख्य उद्देश्यपूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उहाँले नेपालको अबको भविष्य कस्तो देख्नु हुन्छ भन्ने कुरा सुन्ने थियो ।

अन्तरक्रियामा उहाँले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवाउद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताकालागि आग्रह समेत गर्नु भयो । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवाउद्यमीहरुको प्रश्नमा पूर्वप्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरुलाई उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो,“अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देश  भित्र पर्थ्यो । तर शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशिलपुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उहाँले उल्लेख गर्नुभयो । चीनसँगको सम्बन्धले महत्व राखेपनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताउनु भयो । उहाँले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेको पनि महत्वका साथ उल्लेख गर्नु भयो ।

छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो । कार्यक्रमको प्रारम्भमा नेपालउद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईको स्वागत गर्नु हुँदै देशको हातमा उद्योग व्यवसायको वस्तुस्थिति बारे परिसंघको धारणा व्यक्तगर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित