प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानलाई नमिच्ने बताउनु भएको छ ।
संविधानमा भएको व्यवस्था लत्याएर पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो ।प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि हालतमा संविधान नमिच्ने दावी गर्नुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतालाई जोड दिएर अगाडि बढ्नुको बिकल्प नभएको बताउनुभएको छ । ‘जुनसुकै ठाउँ, भाषा या राजनीतिक आस्थाका भएपनि बृहतर राष्ट्रिय हितमा एक भएर अगाडि बढ्नुको बिकल्प छैन’, उहाँले भन्नुभयो ।
उहाँले यतिबेला कुनै पनि प्रकारको अलमलमा नपरि बिगतका बलिदान, गौरवपूर्ण ढगंले हासिल गरेको उपलब्धिहरुलाई रक्षा गर्नुपर्ने कर्तव्यलाई सम्झिएर इतिहासबाट पाठ सिक्दै अगाडी बढ्नुपर्ने दिन आएको उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले साना तिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थमा एकताबद्ध भएर अगाडी बढ्न सबैमा आग्रह गर्नुभयो ।उहाँले अर्को वर्ष सम्ममा नेपाल अल्पविकाशील राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरीत हुने बताउँदै त्यसका निम्ति अझ प्रयास आवश्यक भएको बताउनुभयो ।सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।