दमागको बिर्को लोकार्पण – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

दमागको बिर्को लोकार्पण

हेमजा, १९ जेठ । लघुकथाकार राजु क्षत्री अपुरोको चौथो लघुकथा सङग्रह दिमागको बिर्को शनिबार पोखरा २५ हेमजामा लोकार्पण भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेश सांसद पुष्पा के.सी भण्डारीले साहित्यको कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि ब्यक्त गर्दै प्रदेश सरकारले साहित्यमा चासो दिएको बताइन ।

स्वतन्त्र पत्रकार सघं कास्कीका अध्यक्ष असफल गौतमले स्रष्टा परिचय गरेको कार्यक्रममा वडा सचिब इस्वरिप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, बिष्णु बाँस्तोला, पदम नेपाली र खिमकुमारी भण्डारी लगाएतले लघुकथाकार अपुरोलाइ सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । साहित्यकार एंव समिक्षक कल्यण पन्तले लघुकथा सङगहको समिक्षा गरेको कार्यक्रममा डण्डीराज ज्ञावली र आर्या त्रिपाठीले आफनो रचना प्रस्तुत गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष छन्दमणी त्रिपाठीले र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित