दाउरा र ठेकीको रुपमा राष्ट्यि फुल लालीगुराँस प्रयोग – Samacharpati Samacharpati दाउरा र ठेकीको रुपमा राष्ट्यि फुल लालीगुराँस प्रयोग – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • दाउरा र ठेकीको रुपमा राष्ट्यि फुल लालीगुराँस प्रयोग

दाउरा र ठेकीको रुपमा राष्ट्यि फुल लालीगुराँस प्रयोग

दाउरा र ठेकीको रुपमा राष्ट्यि फुल लालीगुराँस प्रयोग

कर्णबहादुर रोकाया, हुम्ला । राष्ट्यि फुल लालीगुराँसलाई हुम्लामा दाउरा, झिक्रा र ठेकी लगायतका काष्ठकलाका लागि प्रयोग गरिन्छ । न त यसको संरक्षणका लागि कुनै काम गरिएको छ । न त सचेतनाका लागि कुनै कार्यक्रम सञ्चालन गरिएको छ ।

वि।सं। २०१९ सालमा राष्ट्यि फुलको रुपमा नामाकरण गरिएको हिमाले यो सुन्दर फुल हो । यो नेपालमा दर्जनौं प्रकारका फुलहरु माघ महिनादेखि साउन महिनासम्म फुल्ने गरेका छन् । यसैले पनि सेतो हिमालको क्यानभास हरियो पहाडको च्यादरलाई सुशोभायमान लालियायुक्त रङ पोत्ने वनस्पति लालीगुराँस हो । यसैले पनि यसको वनास्पतिक उपयोगभन्दा पनि राष्ट्यि महत्व बोेकेको छ । तर पनि सरकारी पक्षले न त यसको संरक्षणका लागि कुनै कार्यक्रम ल्याएको छ । न यसको महत्वका बारेमा जानकारी आदानप्रदान गर्ने गराउने गरेको छ ।

हुम्लामा लालिगुराँसलाई राष्ट्यि फुलभन्दा पनि यसलाई एक अचुक औषधीय गुण बोकेको वनस्पतिका रुपमा बुझ्ने र प्रयोग गर्ने गरेका छन् । यसको प्रयोग आँखा, घाँटी, शित, पेट, औलो, खकार, अजीर्ण तथा अन्य रोगहरुका लागि एकल तथा मिश्रित रुपमा प्रयोग गर्ने गरेको खगालगाउँ हुम्लाका रिन्जिन लामाले बताउनुभएको छ ।

सैद्धान्तिक मान्यता अनुसार कानुनी अज्ञानता क्षमा योग्य हुँदैन भन्ने गरिए पनि नेपालको ग्रामीणबस्तीहरुमा प्रथाजन्य संस्कारले नै स्थानीय समाजको व्यवस्थापन गर्ने गराउने भएकाले कानुनी सारक्षरताको अभावको उदाहरण हुम्लामा पनि राष्ट्यि फुल लालीगुराँस नाँसमाँस गर्ने चलन एक मान्न सकिन्छ । यसैले हाम्रा राम्रा र कानुनले बन्देज गरेका कुराहरु दैनिक रुपमा प्रयोग हुँदै आएका छन् ।

यसै गरी हुम्लाको तल्लो भेगमा लालीगुराँसलाई माँछा मार्ने र माँछाको मासुको परिकार बनाउनमा प्रयोग गरिन्छ । यसका अलवा ठेकी, जुम, सयो, टोल्जुम जस्ता काष्ठभाँडाहरु बनाउनाका लागि प्रयोग गरिन्छ । यसबाट बनाएका काठमा भाँडाहरुमा गोरस राख्न अति राम्रो मिठो, चिस्यान रहने भएकाले वर्षेनी लालीगुराँसको नाँसमाँस हुने गरेको श्रीनगर गाउँका डबले महताराले जानकारी दिनुभएको छ ।

जिम्मेवार निकायले स्थानीयमुखी कार्यक्रम तय नगर्नु, समाज र संस्कृति अनुसार विकास र निकासका काम नगरेर माथिबाट लादिएको कार्यक्रम सञ्चालनमा आउनु, राष्ट्सेवकका नभएर कर्मचारीको रुपमा जागिर राख्नु, कोठे कार्यालमा तय गरेका कामहरु प्रक्रियातग रुपमा लागु गर्नु जस्ता विभिन्न कारण पनि हाम्रा धेरै राम्रा कुराहरु नाँसमाँस हुने गरेका छन् । यसैको एक नमुना हुम्लामा राष्ट्यि फुल लालीगुराँस दाउरा र ठेकीको रुपमा प्रयोग गर्ने चलन पनि हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका