भागीरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आफनै १ कक्षा देखी पढ्ने साथी – Samacharpati Samacharpati भागीरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आफनै १ कक्षा देखी पढ्ने साथी – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • भागीरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आफनै १ कक्षा देखी पढ्ने साथी

भागीरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आफनै १ कक्षा देखी पढ्ने साथी

भागीरथी भट्टको बलात्कार पछि हत्यामा संलग्न आफनै १ कक्षा देखी पढ्ने साथी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै गाउँका एक किशोरलाई पक्राउ गरेको छ ।

एउटै विद्यालयमा भागरथीभन्दा तल्लो कक्षमा अध्ययनरत दिनेश भट्ट बलात्कार र हत्या अभियोगमा पक्राउ परेका हुन् ।भागरथी र दिनेश दुवैले कक्षा १ देखि १० सम्म गाउँकै भूमिराज माध्यमिक विद्यालयमा पढेका थिए ।उक्त विद्यालयका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार भागरथीले २०७५ सालमा र दिनेशले २०७६ सालमा एसईई उत्तीर्ण गरेका हुन् ।उनका अनुसार भागरथी कक्षामा टप टेनमा पर्ने छात्रा थिइन्।

अकल्पनीय घटना भयो भनेर म त स्तब्ध थिएँ,ु प्रधानाध्यापक भट्टले भने, ुअब दोषी म हुँ भनेर आफ्नै विद्यार्थी दिनेशले प्रहरीकोमा स्वीकार गरेको सुनें । किन भागरथीको हत्या गर्‍यो होला रु पत्याउँ कसरी, नपत्याउँ पनि कसरी, उसले आफैं प्रहरीसँगको बयानमा स्वीकार गरेको छ।ुदिनेश पक्राउ परेपछि प्रहरीले जन्म मिति कति हो भनेर सोधेको थियो ।त्यसपछि खोज्दा उनको जन्म मिति २०६१ साल फागुन १० गते रहेको भन्ने बेहोरा सहितको पत्र लेखेर दिएको उनले बताए।एसईईमा उत्तीर्ण भएको मार्कशीटमा उल्लेख भएको जन्म मिति प्रहरीलाई पठाएको उनले बताए।सोही विद्यालयका माध्यमिक तहका गणित शिक्षक महेशशरण भट्ट पनि भागरथी हत्या प्रकरणबाट स्तब्ध छन् ।

हत्या आरोपमा पक्राउ परेका दिनेश यसअघि विद्यालयमा हुँदा कहिल्यै पनि अनुशासनको कारवाहीमा नपरेको प्रधानाध्यापक भट्टले जानकारी दिए ।उनीहरूको पारिवारिक विवाद रहेको कुरा पनि आफूहरूलाई थाहा नभएको प्रधानाध्यापक भट्टले बताए ।घटनाको अनुसन्धान गर्न गाउँमै पुगेर १३ दिनसम्म बसेका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार भागरथी र दिनेश एकै गाउँका मात्र नभएर भट्ट थरका १३ दिने साइनोभित्रका दिदीभाइ हुन् ।एकै गाउँ, एकै विद्यालयमा सँगै पढ्ने गरेका, एक कक्षा जुनियर भएपनि बाटो हिँडेर सँगै आउने(जाने बेला दिनेशको मन बिग्रियो र उसले घटना गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,ु सुवेदीले भने, ुराम्री केटी हो भनेर उसको मति बिग्रिएर घटना गराएको देखिन्छ।ुमाघ २१ गते विद्यालयबाट फर्किने क्रममा घर नपुगेकी भागरथीको शव २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा फेला परेको थियो ।(लोकान्तर )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका