प्रधानमन्त्री ओलीलाई कसरी काममा भाँजो हालियो त? हेर्नुहोस आजको प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै – Samacharpati Samacharpati प्रधानमन्त्री ओलीलाई कसरी काममा भाँजो हालियो त? हेर्नुहोस आजको प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई कसरी काममा भाँजो हालियो त? हेर्नुहोस आजको प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै

प्रधानमन्त्री ओलीलाई कसरी काममा भाँजो हालियो त? हेर्नुहोस आजको प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै

प्रधानमन्त्री ओलीलाई कसरी काममा भाँजो हालियो त? हेर्नुहोस आजको प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै

मेरो नेतृत्वमा सरकार गठन भएको आजबाट १ हजार ९३ दिन अर्थात् ३ बर्ष पूरा
भएको छ । आज हामी प्रतिनिधिसभा विघटन भएको र नयाँ निर्वाचनको मिति
तोकिएको विशेष परिस्थितिमा प्रेस ब्रिफिब गर्दैछौँ । त्यसैले वर्तमान सरकारले यस
अवधिमा गरेका कामको सब्क्षिप्त विवरण प्रस्तुत गर्नुअघि प्रतिनिधिसभा विघटन किन
गर्नुप¥यो भन्ने चर्चा गर्न आवश्यक ठान्दछु ।
शुरुदेखि नै सरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । बिभिन्न ढंगले काममा
ब्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखिझण्डै दुईतिहाई
सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धनसरकारले जस्तो नियति
बेहोर्नु प¥यो । एकातिर जनताको उच्च आकाब्क्षा सम्बोधन गर्नु पर्ने, अर्कोतिर आफ्नै
खुट्टामा अल्झिएर अलमलिए झैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो ।
झण्डै ३ बर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीबिहीन थिए। नियुक्ति, प्रक्रियामै
जान पाउँदैन, अवरोध हुन्छ । संसदलाई ।।।बिजनेस’ सरकारले दिने हो । २०७४
फागुनदेखि यता संसदमा पेश भएका कयौं विधेययक ।।।हाउस’मा छलफलमा लगिन्नन्
। बल्लतल्ल संसदीय समितिमा पुगेका विधेयकहरु अनावश्यक छलफलकै
गोलचक्करमा फसिरहके ा छन्, फसाइन्छ ।सरकारले निर्णयकालागि सदनमा पेश गरेका
प्रस्तावहरु समेत निर्णयार्थ प्रस्तुत गरिन्नन् । राजदूत खाली छन्, नियुक्त गर्न दिइन्न
।संबैधानिक अब्गमा केही गरी कसैको सिफारिस भइहाले कचिब्गल मच्चाइन्छ र
आप्mनै दलका सदस्यले संसदीय सुनवाई समितिमा नियुक्ति अड्काउँछन् । यहाँसम्म
कि, “सनसेट ल” को रुपमा प्रस्तुत गरिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको
।।।शीघ्र निर्माण’का लागि मस्यौदा गरिएको ।।।विकास सम्बन्धी विधेयक’ र ।।।सार्वजनिक
खरिद ऐनलाई संशोधन गर्ने बिधेयक’लाई समेत अलमल्याई सार्बजनिक सेवा प्रबाहमा
अबरोध पु¥याई बिकासको गति नै अवरूद्ध गरिन्छ । सरकारी निकायका कतिपय
कार्यकारी पदमा अनुपयुक्त पात्र अघि सार्ने वा नियुक्ति नै हुन नदिनेगरी एक किसिमले
भन्ने हो भने समानान्तर सत्ता सञ्चालनको अभ्यास गरियो । सकेसम्म अल्मल्याउने,
अल्मल्याउन नसके निहुँ खोजरे कामैगर्न नदिनेतहमा आप्mनै दलका साथीहरु उत्रनु
भयो ।
यद्यपि,नेकपाको शीर्ष तहमा रहके ा केही नेताहरुको अतृप्त आकाब्क्षा र कुण्ठाको
बाछिटा ब्यवस्थापिकामा नपरोस् भन्नेमा म हरदम सतर्क रहेकै हुँ । विगत वर्षदिन
देखि ।।।समयभन्दा अगावै’ निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर अनेकौँ लाञ्छना
सहेरै अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको पनि हुँ । गठबन्धन
सरकारको अर्को कुनै समुहले झैँ, आप्mनै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री बिरुद्ध
अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र
सके विस्थापन गर्ने बाटोमा हिडँन तम्सिरहेका नेताहरुलाई सम्झाउने र स्थितिलाई
परिवर्तन गर्ने प्रयत्न मैले गत पुस ५ गते दिउसो २ बजेसम्म नै जारी राखेँ (प्रेस ब्रिफ्रिङ जस्ताको त्यस्तै साभार गरियो )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका