हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत – Samacharpati Samacharpati हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत

हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत

हस्तकला र पर्यटनमा सहकार्य गर्न पोखरा र ललिपुर उवा संघ सहमत

पोखरा । पोखरा र ललितपुर उद्योग वाणिज्य संघ हस्तकला तथा पर्यटन क्षेत्रमा सहकार्यको लागि सहमत भएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछयोंबीच आइतबार पोखरामा भएको द्धिपक्षीय भेटघाटमा सो सहमति जुटेको हो ।
सो भेटघाटमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कोभिड–१९ ले साना, घरेलु तथा हस्तकला उद्योगलाई ठूलो क्षति पु¥याएको चर्चा गर्दै यो क्षेत्रलाई माथि उकास्न राज्यको सहयोग अपरिहार्य भएको बताए ।
‘कोभिड–१९ले उद्योग÷व्यवसायमा ठूलो क्षति पुगेको छ, राज्यबाट घोषित सुविधा पनि हामीले पाएका छैनौँ’,अध्यक्ष कोइरालाले भने,‘पर्यटन क्षेत्रमा परेको असरले अन्य क्षेत्र लामो समय प्रभावित हुने देखिएको छ ।’ उनले पर्यटकीय सहर पोखरामा हस्तकलाका सामानको ठूलो बजार रहेको उल्लेख गर्दै सो बजारमा नेपाली उत्पादनको बिक्री बढाउन संघले सहयोग गर्ने बताए । उनले ललितपुरको हस्तकलालाई पोखरामा बिक्री गर्न र ललितपुरले पोखराको पर्यटनबाट आतिथ्यकला सिक्नुपर्नेमा जोड दिए ।
प्रतिउत्तरमा बोल्दै ललितपुर उवा संघका अध्यक्ष न्याछयोंले ललितपुरले आफ्नै ब्राण्डका हस्तकलाको उत्पादन गर्न खोजेको जानकारी दिँदै हस्तकलाको सीप पोखरालाई सिकाउन तयार भएको बताए । उनले पोखराको पर्यटन उद्योगबाट आतिथ्यता सिक्न पनि आफूहरु इच्छुक रहेको बताए । ‘निजी क्षेत्रले एकअर्कालाई सघाउने हो, हामी सहकार्यको लागि तयार छौँ’, उनले भने,‘पोखरामा हस्तकलाका सामान उत्पादन भयो भने त्यसको फाइदा ललितपुर र सिंगो देशले पाउँछ ।’
पोखरा उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले यसअघि ललितपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा हस्तकलाको क्षेत्रमा काम गरेको स्मरण गर्दै सहकार्यले नै समृद्धि प्राप्त हुने बताए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका