पोखरा । ११ कक्षाकी छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको र जबरजस्तीको आरोप लागेका पोखराका १ शिक्षक कारागार चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण अधिकारीको इजलासले गरेको आदेश अनुसार शिक्षक शिरिषकुमार बस्ताकोटी पुर्पक्षका लागि जेल चलान भएका हुन् । होटलको कोठामा परीक्षा लिएर बियर र मासु खाएपछि छात्रामाथि जबरजस्तीको प्रयास गरेको आरोप शिक्षक बस्ताकोटीमाथि लागेको छ । अरु शिक्षकको मिलेमतोमा बस्ताकोटीले ती छात्रालाई मोटरसाइकलमा राखी रुपाताल पु¥याएका थिए । घटना भने २ महिनापछि मात्र बाहिरिएको थियो ।
अमर्यादित परीक्षा चलाएको आरोप लागेका अरु ३ शिक्षक धरौटीमा छुटेको अदालतका सूचना अधिकारी नील पनेरुले बताए । परीक्षा अमर्यादित बनाएको आरोप लागेका विद्यालयका प्रअ सूर्य तिवारी अदालतले ५० हजार र सहायक केन्द्राध्यक्ष ७५ हजार धरौटीमा छुटेका छन् । अदालते परीक्षामा सहभागी छात्रासँग पनि ५० हजार धरौटी मागेको छ भनेर याे समाचार अादर्शसमाजकाे अनलाइनमा प्रकाशित छ ।