फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित – Samacharpati Samacharpati फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित

फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित

फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित

समाचारपाटी, पोखरा, २९ माघ । नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित हुनुभएको छ । आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो ।

नेपालमा नै पहिलो पटक फेशन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो ।
सो सम्मानले आफुलाई नेपालमा फेसन र यस क्षेत्रको विसकाका लागि थप हौसला प्रदान गरेको न्यौपानेले बताउनुभयो । सो कार्यक्रममा फेसन इन्फ्लुएसर अवार्डबाट पोशाक महासंघका अध्यक्ष नविन लुइटेल पनि सम्मानित हुनुभएको छ ।

सो कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको थियो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको छ । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो । सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका