पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु,साईकल लेन सहित यसरी बन्दै छ सडक – Samacharpati Samacharpati पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु,साईकल लेन सहित यसरी बन्दै छ सडक – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन २३, २०७७
  • होमपेज
  • पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु,साईकल लेन सहित यसरी बन्दै छ सडक

पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु,साईकल लेन सहित यसरी बन्दै छ सडक

पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु,साईकल लेन सहित यसरी बन्दै छ सडक

पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा(सेतीवेणी)रिडी वैकल्पिक राजमार्गको कालोपत्रेको काम शुरु भएको छ ।

वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका(५) मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्रे शुरु भएको हो । सडक कालोपत्रे गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभयो । यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डिपिआर तयार गरिएको छ ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो । सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ । सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि रु तीन करोड विनियोजन गरेको छ । यसमा पर्वतका महाशिला गाउँपालिकाले रु दुई करोड ७२ लाख थप गरेको छ । यस वर्ष सडकखण्डअन्तर्गत महाशिलाको मिलनचोक र कास्कीको पामेबाट स्तरोन्नति र कालोपत्रेको काम शुरु गरिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यो साइकल लेनसहितको नमूना सडक हो ।यो सडक पोखराको लेकसाइडबाट शुरु भईपामे,भदौरे हुँदै पर्वतको राम्जा,आर्थर,कार्किनेटा,लुङ्खु(त्रिवेणी)सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्नेछ । सडकमा पुलसमेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले जनाएको छ । यो सडकमा पोखरादेखि सेतीवेणीसम्मै सडकसहित साइकल लेनसमेत बनाउने तयारी भएकाले सरर साइकलमै पोखराबाट सेतीवेणी पुग्न सकिने भएको छ । पर्यटकीय गन्तव्य जोड्ने सडकमा साइकल लेनसमेत निर्माण हुने भएकाले मुलुककै नमूना सडक बन्ने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।(रासस)

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका