महामारीका बेला नेपाललाई कसले कति सहयोग गरे ? हेर्नुहोस ।। – Samacharpati Samacharpati महामारीका बेला नेपाललाई कसले कति सहयोग गरे ? हेर्नुहोस ।। – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • महामारीका बेला नेपाललाई कसले कति सहयोग गरे ? हेर्नुहोस ।।

महामारीका बेला नेपाललाई कसले कति सहयोग गरे ? हेर्नुहोस ।।

महामारीका बेला नेपाललाई कसले कति सहयोग गरे ? हेर्नुहोस ।।

चीनमा कोरोना भाइरस फैलिन थालेपछि नेपालले सुरुमै २०२० फेब्रुअरी ७ मा एक लाख थान मास्क सहयोग गरेको थियो ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उक्त मास्क हस्तान्तरण गरेका थिए । नेपालले भने कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सबैभन्दा पहिलो सहयोग अमेरिकाबाट पायो ।

२०२० फेब्रुअरी १८ मा अमेरिकी सरकारको रक्षा सहकार्यअनुसार पीपीई, ग्लोब्स, बायोहेजार्ड झोलालगायतका सामग्री नेपाली सेनाले पाएको थियो । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा नेपाल र अमेरिकाबीच २० पटक सहकार्य भइसकेको छ । चीनले नेपाललाई पहिलो पटक स्वास्थ्य सामग्री सहयोग गत मार्च २९ मा गर्‍यो । चिनियाँ राजदूत होउले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन् । कोरोना नियन्त्रणसम्बन्धी नेपाल र चीनबीच १८ पटक सहकार्य भएको तथ्यांक छ ।भारतले पहिलो सहयोग भने २०२० अप्रिल २२ मा हाइड्रोक्सिक्लोरोक्विन, पारासिटामोललगायत गरी करिब २३ टन औषधि सहयोग गर्‍यो । ती सामग्री नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री ढकाललाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा नेपाल र भारतबीच १३ पटक सहकार्य भएका छन् । नेपाललाई बंगलादेश, बेलायत, जर्मनी, इजरायल, सिंगापुर, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, कतार, यूएई, जापान, कम्बोडियालगायत मुलुकले पनि सहयोग गरेका छन् ।नेपाललाई सहयोग गर्ने मुलुकमा भारत, चीन र अमेरिका अघि देखिएका छन् । नेपालमा सन् २०१५ को भूकम्पपछि पनि भारत, अमेरिका र चीन सहयोग गर्नमा अगाडि थिए । भारतले मे १७ मा पीसीआर परीक्षण गर्ने किट ३० हजार थान हस्तान्तरण गरेको थियो । भारतीय राजदूत क्वात्राले अगस्ट ९ मा सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरे ।रेम्डेसिभिर, भेन्टिलेटरसहितको एम्बुलेन्स सहयोग गरेको भारतले स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको दौरान नेपाली सेनालाई दुई वटा फिल्ड अस्पतालसहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्‍यो । दुई दिनपछि राजदूत क्वात्राले तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई भेटेर २८ वटा आईसीयू भेन्टिलेटर हस्तान्तरण गरे । नोभेम्बर २६ मा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत सरकारका तर्फबाट फेरि दुई हजार भाइल रेम्डेसिभिर हस्तान्तरण गरे ।नेपालको हरेक संकटमा अमेरिकाले आफूलाई बलियो रूपमा उपस्थित जनाउने गरेको छ । सन् २०१५ मा भूकम्प जाँदा अमेरिकी सेनाले हेलिकप्टर ल्याएर उद्धारमा सघाएको थियो । अमेरिकाले यूएसएआईडीमार्फत स्वास्थ्य मन्त्रालयलाई फेस मास्क, जुत्ताको कभर, सर्जिकल क्यापलगायतका सामग्री मार्च ६ मा सहयोग गर्‍यो । मार्च १९ मा अमेरिकी सरकारले संक्रमणबाट बच्नका लागि तयारी गर्न १८ लाख रुपैयाँ सहयोग गर्‍यो । अमेरिकी सरकारले यूएसएआईडीमार्फत मे ९ मा पनि ५५ लाख सहयोग दिने घोषणा गर्‍यो । जुन २५ मा अमेरिकी राजदूत र्‍यान्डी बेरीले जंगीअड्डा पुगेर प्रधानसेनापति थापालाई पीपीईसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका