सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय – Samacharpati Samacharpati सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो ।

तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।ल्होसारमा बिदा दिन नेपाल तामाङ घेदुङले सरकारलाई आग्रह गर्दै आएको थियो । नेपाल तामाङ घेदुङले सरकारले विगतमा गरेको गल्ती सच्याउँदै तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका