एक हजार तीन सय ३० मिटर बाटो बन्न कति वर्ष लाग्छ (भिडियोसहित) | Samacharpati        
Home | About Us | Contact | Unicode |

एक हजार तीन सय ३० मिटर बाटो बन्न कति वर्ष लाग्छ (भिडियोसहित)

काठमाडौँ, २९ जेठ ।  राजधानीको अति महत्वपूर्ण र घना आवादी भएको क्षेत्रमा पर्दछ कपन । कपनको मुख्य बाटो आकाशेधारा देखि राम मन्दिरसम्मको सडक विस्तारको काम सुरु भएको तीन वर्ष बितिसक्यो तर अझै कतिसमयमा सम्पन्न हुने हो पत्तो छैन । स्थानीयबासीले घरदैलो रकम उठाएर ढल हाले, पिच गरेर सडक व्यवस्थित गरेका थिए । तर, सडक विभागले सडक फराकिलो पार्ने भन्दै २०७३ असार ३१ गते ठेक्का लगायो ।

सडकको निर्माण पायो सैलुङ कन्स्ट्क्सनले । १३ सय ३० मिटरको सडक विस्तारको काम २०७४ असोज ३० गते निर्माण भैसक्नुपर्नेमा अहिलेसम्म उस्तै छ । स्थानीयबासी सम्बन्धित निकायले किन लामो समयसम्म चासो नदिएको भन्दै गुनासो गरिरहेका छन् । हेरौं उनीहरुको भनाई जस्ताको तस्तै भिडियोमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित