आफुलाई फोटोग्राफर भन्नू पाउदा गर्भ लाग्छ: सुजन न्यौपाने – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

आफुलाई फोटोग्राफर भन्नू पाउदा गर्भ लाग्छ: सुजन न्यौपाने

सुजन न्याैपाने ।  अनवरत यात्रा संगैं दौडिएका मेरा ति रंगिन सपनाको खोजिमा दौडिरहदा ठकरै ठकरको यात्रा संगैं ठोकिन पुगेछु क्यामराको लेन्स मा, बन्नुपर्ने पत्रकार ! बनेछु फोटोग्राफर  मलाइ कमै ज्ञान थियो क्यामेराको कहिलेकाहि अचम्म लाग्थ्यो । कसरी निस्कन्छ ! होला फोटो तर रहर चाहि पत्रकारितामा थियो । मेरो माईलाबुवाको तम्घासमा फोटो पसल थियो । त्यतिबेला कोडाक रिल भन्ने सुन्थे तर त्यसको बारे थाहा थिएन । पछि बुझदै गए र एउटा एसिका को क्यामेरा घरमा लगे । सामान्य फोटो खिच्न माईलाबुवाले सिकाईदिनु भयो । खालि रिल नराखि फ्लास हान्दा पनि निकै रामाईलो लाग्थ्यो । पछि त रिल राखेर खिच्ने भए । ३६ कपि खिच्थ्यो । त्यो समय म ६ कक्षामा पढथे, स्कुलबाट घर आएपछि घाँस काट्न धौ भयो भने फोटो खिच्न जान्छु भनि हिड्थे।

साच्चिकै एउटा कापि कलम हातमा समाउदै काधमा क्यामेरा भिरेर घर घरमा डुल्थे फोटो खिच्नुहुन्छ भन्दै मलाई फोटो खिचिदिने रहर झन झन बढदै थियो त्यो पनि पैसाको लोभमा । प्रति पिस रु ३० मा जोडि खिचएर १० कपि निकाले १० ,१० रुपैया लिन्थे । पछि पछि त एक हप्तामा २ ओटा रिल नै सकिन थाले । झनै आनन्द लाग्दै गयो । रिल लोड गर्न तम्घास माईलोबुवा को पसलमा आउथेँ । सासै रोकिने , जानै डर लाग्ने अध्यारो कोठा थियो। त्यहि कोठामा गएर रिल लोड गर्न सिके पछि गाँउमै कोठा बन्द गरि सिरक मुनि बसेर आफै लोड गर्न थालेँ । जमाना भिडियो तिर मोडियो । ठुलो क्यामेरा देख्दै अचम्म लाग्थ्यो , कसरी खिचिनछ होला । गाँउमा माईलाबुवा भिडियो खिच्न आउदा पछि लाग्थेँ । हेलोजिन बाल्दा त गाँउनै उज्यालो जस्तो लाग्थ्यो । हेलोजिन समाइदिन्थेँ । बिस्तारै जुम गर्न , रेकर्ड गर्न सिकाउनुहुन्थ्यो र सिकेँ पनि , अब त झन सजिलो र रमाईलो लाग्न लाग्यो भिडियो खिच्न । एस एलसी पास गरेपछि पढ्न भनी काठमान्डौं लागे । पत्रकार बन्ने रहर थियो ।

आर आर कलेजमा पढ्दै गर्दा दिनेश चन्द्र थपलिया दाईको सहयोगले एउटा पत्रीकामा काम पनि पाए , दवाब साप्ताहिकमा त्यसपछि पत्रकारीता सुरु भयो। बिसतारै छापापत्रिका दबाव , लोकतान्त्रीक दबाव हुदै छलफल लगाएतका पत्रीकामा काम गर्ने अवसर पाए । जमाना अनलाईतिर गयो । नकुल अर्याल दाईको सहयोगमा समाज खवर अनलाईनमा केहि समय काम गर्ने अवसर पाए । तर पनि त्यहिबेला घरायसी समस्याले लामो समय घरतिर बस्नु पर्ने भयो । गाउँ बसाइको त्यो समय माईलो बुवाकै काममा लागेँ । काम गर्दै जाँदा क्यामेरा संग माया बसेछ । मलाई सबै कुरा सिकाउदै जानु भयो । यता बिस्तारै पत्रकारीता भुल्दैगए गुल्मी र अर्घाखाँचीका धेरै ठाँउ घुम्ने मौका पाएँ । भिडियो छायाँङकन सङ्गै बिस्तारै बिस्तारै मेरो मन फोटोग्राफी तर्फ बढ्न लाग्यो । म यहि पेसालाई अंगाले । त्यती बेला अर्को नामको पनि उतिकै चर्चा थियो र मलाई याद पनि छ ।

हाईफो सानो फोटो खिचेर रिल काटेर रातो बलफ बालेर र फोटो छाप्नु पर्थ्यो । फोटोको नेगेटिभ जिउरोले चाटदै घाममा सुकाउदा निकै रमाईले लाग्थ्यो । छापेको फोटोलाई हाईफोमा चोबेर घाममा सुकाए पछि मात्र फोटो तयार हुन्थ्यो । तर अहिले परिवर्तन समय संगै फरक फोटो निर्माण हुन्छन । सेतो, कालो, गोरो इडिट गरेर जस्तो पनि बनाउन सकिन्छ । पछिल्लो समयमा रंगीन फोटोको निर्माणका लागि फोटोग्राफिक रसायनहरुको विभिन्न तह राखिएका हुन्छन् । जुन छुट्टाछुट्टै रुपमा रातो हरियो र नीलो रंगप्रति संवेदनशील हुन्छन् । त्यसले गर्दा सबै रंगका तस्वीरहरु बन्न सक्छन् । तर हिजोआज जति पनि फोटोसम्बन्धी प्रविधिहरु छन् , ती सबैको सैद्धान्तिक आधार एउटै छ, त्यो हो निप्सेले बनाएको पहिलो फोटोग्राफिक आकृति । फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामेराको सहायताले त्यस्तै मिल्दो वस्तुमा उतार्नु बुझिन्छ । अहिले हरेकले आफनो फोटो आफै उतारछ । हिजोको दिनमा एउटा फोटो को लगि २ देखी ४ हप्ता कुर्नु पर्ने थियो , तर हिजो आज ५ मिनेटमै फोटो तयार हुन्छ । सामान्यता फोटो क्यामेरा हरेकले सजिलै चलाउन सक्छ ।

मैले त्यो उमेरको कुरा सम्झन्छु । त्यो बेला सिमित ब्यक्ति थिए फोटोग्राफी सङ्ग जोडिएका तर मैले अहिले देख्छु , धेरै ब्यक्ति ले ब्यवसाय बढाएका छन । प्रबिधिक माग अनुसार म पनि फोटोग्राफी मै आबद्ध छु । मेरो परिचय फोटोग्राफर नै हो। हिजोको दिन मा सजिलो थियो । अहिले आएर प्रबिधि संगैं जुध्दै यो ब्यवसायलाई अगाडि बढाउन उतिकै गार्‍हो पनि छ । मेरो अनुभवमा चलेको क्यामेरा बोक्दैमा फोटो ग्राफर हुन सकिदैन। म गुल्मीमा बसेर फोटग्राफी गरिरहदा हिजोको जस्तो सजिलो देखिन्न । पछिल्लो पुस्तामा गाँउघरमा पढनु नपर्ने , सीप ज्ञान नचाहिने ,दुस्ख नहुने पेसाको रुपमा लिईन्छ जुन गलत हो । अध्ययन यसका लागि पनि चाहिन्छ र संगै सिप सिक्नुपनि पर्छ । हरेक दिन नया नया टेक्नोलोजिहरु आई रहन्छन । ति टेक्नोलोजीहरु संग अपग्रेट हुँदै जानु पर्छ ।यो पेसा सिपमुलक हो । फोटो वा भिडियो खिच्दा तन मन लगाएर खिच्नु पर्छ अनि बल्ल काम राम्रो हुन्छ ।

मलाई आज यो पेसा गरिहदा आनन्द आएको छ । म फोटो भिडियो छायाँकन संगै भिडियो सम्पादन को काम पनि आफै गर्छु । मलाई गाँउ गाँउमा पुग्दा बाटोमा हिडिरहेका स-साना भाई बहिनीहरुले क्यामेरामेन दाई कता भन्दा निकै खुसि लाग्दछ । आज उनिहरुले फोटोग्राफर भनेर चिन्छन मेरो नामले भन्दा पनि । फोटोग्राफर शब्द जोडेर बोलाउदा मैले आफुलाई भाग्यमानी सम्झन्छु । पिडा पनि त्यतिकै हुन्छ । धुले बाटो चिफ्लो बाटो लेक,बेसी गर्दै फोटो अनि भिडियो छायाङकन गर्नु पर्छ । त्यहि पिडा सङ्गै रमाईलो पनि उत्तिकै हुन्छ । नयाँ पन , नौलो ठाँउको रमाईलोले पेट पाल्नको लागि दुखलाई लुकाउदै मुस्कुराउदै हिडनुको मज्जा लाग्छ । आज भोलि काम गर्दै जादा यस्तो लाग्छ । जिवनमा सबै कुरा त्याग्न सक्छु, तर काधमा बोकेको क्यामेरा त्याग्न सक्दीन । कहिलेकाहि साथिभाईले जिस्कदै सोध्छन यदि भगवान नै प्रकट भएर एउटा बर माग म पुरा गरिदिन्छु भने तँ के माग्छस म हास्दै भन्छु मर्ने बेला पनि यिनै मनमोहक दृश्य कैद गर्दै हातमै क्यामेरा समाइ मर्न पाउँ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित