लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ – Samacharpati Samacharpati लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ

लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ

लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ

सवारीचालक अनुमतिपत्र लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सवारीचालक अनुमतिपत्र लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई माघ २२ गते पोखराको अमरसिङबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्ले रहेका छन् । पोखराको चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्री सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका काफ्लेले लाइसेन्स बनाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ८९ हजार ६ सय २० रुपैयाँ ठगी गरेका थिए ।पक्राउ परेका काफ्लेको साथबाट प्रहरीले नगदसहित २ थान मोबाइल समेत बरामद गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका