कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न,अब पत्रकारको पालो – Samacharpati Samacharpati कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न,अब पत्रकारको पालो – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न,अब पत्रकारको पालो

कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न,अब पत्रकारको पालो

कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न,अब पत्रकारको पालो

काठमाण्डौ, २५ माघ । कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने प्रवक्ता गौतमले बताए ।डा. गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।जसअनुसार प्रदेश नं. १ मा २४ हजार २२४, प्रदेश नं. २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कूल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायत थिए ।नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका