आज कुनकुन ठाउँमा पानी परेको छ त ? – Samacharpati Samacharpati आज कुनकुन ठाउँमा पानी परेको छ त ? – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • आज कुनकुन ठाउँमा पानी परेको छ त ?

आज कुनकुन ठाउँमा पानी परेको छ त ?

आज कुनकुन ठाउँमा पानी परेको छ त ?

काठमाण्डौ,२३ माघ ।पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिमी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

दीपायलमा ८ मिलीमिटर, डडेल्धुरामा ९ दशमलव ७ मिलीमिटर, वीरेन्द्रनगरमा २ दशमलव ७ मिलीमिटर वर्षा भएको छ । यस्तै, नेपालगन्जमा ३ दशमलव ८, जुम्लामा ८ दशमलव ३, दाङको घोराहीमा शून्य दशमलव ३ र पोखरामा शून्य दशमलव २ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो।

यस्तै, अहिले वर्षासँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ ।लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दङ्ग परेका छन् । सुदूरपश्चिमको डोटी, बाजुरा र बझाङमा हिमपात भएको छ ।बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीवार रातिदेखि नै हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका