देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा – Samacharpati Samacharpati देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा

देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा

देशको राजनीति रेफ्रिविनाको खेलजस्तो भयो– अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिले देशको राजनीति रेफ्रीविनाको खेलजस्तो भएको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले देशमा जसको शक्ति उसको भक्ति कायम रहेकाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताउनुभयो ।

‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू लोकतन्त्रको हत्या भयो भन्दै सडकमा उत्रिएका छन्,’ उहाँले भन्नुभयो, ‘राजसंस्था प्रजातन्त्रको बाधक होइन, संविधानको परिधिभित्र राख्ने होभने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ ।’

वर्तमान अवस्थामा एकले अर्कोलाई समाप्तपार्ने प्रतिस्पर्धा चलिरहेको बताउँदै अध्यक्ष थापाले मुठभेड बढदै जाँदा राजनीतिक दल र नेताको नियन्त्रणबाट परिस्थिति बाहिर जानेतर्फ सचेत हुन आग्रह गर्नुभएको छ । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अध्यक्ष्य थापाले अहिलेको अभिभावकिय रिक्ततामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जानसक्नेब खतरा रहेको स्मरण गराउँदै देशको परिस्थिति विगार्न देशीविदेशी शक्तिहरू क्रियाशील रहेको बताउनुभयो । उहाँले एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि अन्धो र मतिभ्रम नबन्न पनि सुझाव दिनुभयो ।

साथै अध्यक्ष थापाले धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न पनि सबैसँग अपिल गर्नुभएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका