गर्भवती महिलालाई खार्पुनाथ गापाको घरदैलो निम्तोपत्र – Samacharpati Samacharpati गर्भवती महिलालाई खार्पुनाथ गापाको घरदैलो निम्तोपत्र – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • गर्भवती महिलालाई खार्पुनाथ गापाको घरदैलो निम्तोपत्र

गर्भवती महिलालाई खार्पुनाथ गापाको घरदैलो निम्तोपत्र

गर्भवती महिलालाई खार्पुनाथ गापाको घरदैलो निम्तोपत्र

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले सुरक्षित मातृत्व र प्रसुतिका लागि घरदैलो निम्तोपत्र लागु गरेको छ । जुन घरमा गर्भवती महिलाहरु छन् । त्यो घरमा सन्देशमुलक जानकारी सहित चेकजाँच गर्नका लागि अनुरोध गरिन्छ ।

हुम्लाका गाउँघरमा अझै पनि घरमा नै प्रसुति गराउने र चेकजाँचका लागि पनि नजीकैको स्वास्थकेन्द्र पुग्न पनि कन्जुस्याइँ गर्ने चलन कायमै छ । यसबाट वर्षेनी गर्भवती आमा तथा बच्चाले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाले गर्भवती महिला र बच्चाको स्वास्थ्यलाई सुरक्षित राख्नका लागि घर घरमा सन्देशमुलक निम्तोपत्र सहित सुरक्षित मातृत्वको बारेमा जानकारीमुलक सन्देश पठाउने गरेको जानकारी खार्पुनाथ गापाका स्वास्थ्य इन्चार्ज बलीराज शाहीले दिनुभएको छ ।

यो नयाँ र चुनौतीपूण भएकाले हो तर पनि गापाभरीका महिलाहरु अनिवार्य रुपमा नजीकैको स्वास्थ्य केन्द्रमा चेकजाँचका लागि आउने क्रम बढ्न थालेको छ । स्वास्थ्यकेन्द्रमा चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ ।

हालसम्म खार्पुनाथ गापाका स्वास्थ्य केन्द्रहरुमा १०१ जना गर्भवती आमाहरुले सुरक्षित सुत्केरी सेवा लिएका छन् । यो क्रम दिनप्रति दिन बढ्दै गएको छ । पछिल्लो समय नयाँ र केही गरौं भन्ने स्वास्थ्य कार्यकर्ताहरुलाई गाउँघरमा नै बसेर आफुले सोचे जस्तो सिर्जनशील काम गर्न सहज भएको इन्चार्ज शाहीको अनुभव छ ।

गर्भवती आमाहरु स्वास्थ्य केन्द्रमा आएर चेकजाँच गर्दा विभिन्न प्रकार सेवा सुविधाहरु पाउनुका साथै आफु र जन्मने बच्चा पनि सुरक्षित हुने देखिएको छ । यसका साथै स्वास्थ्य सचेतना घर घरमा पुुग्न सजीलो भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका