प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुझायो – Samacharpati Samacharpati प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुझायो – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुझायो

प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुझायो

प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा लिखित पत्र बुझायो

काठ्माण्डाै, २० माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ ।

प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेतासहित आफूहरुले आयोग पुगेर आधिकारिकता दाबी गरेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो । हिजो बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिएको नेता पोखरेलले उज्यालोलाई बताउनुभयो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने बताउँदै आएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । त्यसलगत्तै नेकपा औपचारिक रुपमै दुई समूहमा विभाजित भएर गतिविधि अघि बढाएका छन् ।

यसअघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहले गरेका निर्णयलाई अस्वीकार गरेको थियो ।

तस्बिर : फेसबुक/गंगा दाहाल

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका