“के नै गल्ती“ को भिडियो सार्वजनिक – Samacharpati Samacharpati “के नै गल्ती“ को भिडियो सार्वजनिक – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • “के नै गल्ती“ को भिडियो सार्वजनिक

“के नै गल्ती“ को भिडियो सार्वजनिक

“के नै गल्ती“ को भिडियो सार्वजनिक

पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “के नै गल्ती“ को भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “के नै गल्ती” नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति सुनिएको नाम त हैन तर पनि उनको सानै देखिको यो क्षेत्र प्रतिको माया र झूकाब ले आज उनिभित्र भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएका छन ।

दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पण ले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र सुजिता रसाइलीको साथमा बिनोद केसी को पनि अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज, सुनिता र बिनोदले न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक भईसकेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराइरहनुभएको भिडियोमा आएका सकारात्मक प्रतीकृयाहरुले पनि स्पस्ट पारेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका