पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी – Samacharpati Samacharpati पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

पोखरामा ‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका गतिवधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा फागुन पहिलो साता ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल कोर्टमा प्रतियोगिता गरिने सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका