कास्कीको माछापुच्छ्रेमा कालोपत्र सडक निर्माण शुरु यसरी हुदैछ काम – Samacharpati Samacharpati कास्कीको माछापुच्छ्रेमा कालोपत्र सडक निर्माण शुरु यसरी हुदैछ काम – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • कास्कीको माछापुच्छ्रेमा कालोपत्र सडक निर्माण शुरु यसरी हुदैछ काम

कास्कीको माछापुच्छ्रेमा कालोपत्र सडक निर्माण शुरु यसरी हुदैछ काम

कास्कीको माछापुच्छ्रेमा कालोपत्र सडक निर्माण शुरु यसरी हुदैछ काम

पोखरा,१८ माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ ।

नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रेको आधार’ को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भीरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्छ्रे गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।

भीरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिनेगाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि रु तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।(रासस)

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका