पोखरामा सवारी चालक/सहचालकलाई प्रशिक्षण – Samacharpati Samacharpati पोखरामा सवारी चालक/सहचालकलाई प्रशिक्षण – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • पोखरामा सवारी चालक/सहचालकलाई प्रशिक्षण

पोखरामा सवारी चालक/सहचालकलाई प्रशिक्षण

पोखरामा सवारी चालक/सहचालकलाई प्रशिक्षण

पोखरा, १४ माघ । पोखरामा सवारी चालक/सहचालक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम अन्तरगत सो कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सभाहलमा सम्पन्न भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिनुभयो ।

कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठ, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभु प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी चालक सहचालकहरुलाई ट्राफिक नियम, सवाररी दुर्घटनाका कारण, ट्राफिक चिन्हहरु, सडक रेखाहरु, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिका, बिद्यमान सवारी ऐन कानूनहरु र सवारी दुर्घटना न्यूनिकरणमा चालक सहचालकको भुमिका लगायतका विषयहरुमा प्रशिक्षण दिई पर्चा पम्पलेट वितरण गरी उत्कृष्ठ ३ जना सवारी चालकहरुलाई नगद सहित सम्मानपत्र वितरण गरेको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका