एनसिसि अल्मुनाई गण्डकीद्धारा धितालको विद्यालयमा न्यानो कपडा वितरण – Samacharpati Samacharpati एनसिसि अल्मुनाई गण्डकीद्धारा धितालको विद्यालयमा न्यानो कपडा वितरण – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • एनसिसि अल्मुनाई गण्डकीद्धारा धितालको विद्यालयमा न्यानो कपडा वितरण

एनसिसि अल्मुनाई गण्डकीद्धारा धितालको विद्यालयमा न्यानो कपडा वितरण

एनसिसि अल्मुनाई गण्डकीद्धारा धितालको विद्यालयमा न्यानो कपडा वितरण

पोखरा, १४ माघ । एन.सि.सि. अल्मुनाई एशोसिएशन गण्डकी प्रदेशले कोरोना संक्रमणको क्रममा कास्कीको धितालमा रहेको कैलाश टेप्सुओ प्राथमिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

एनसिसि अल्मुनाई एशोसिएशन गण्डकीका निर्देशक उर्मिला श्रेष्ठले अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने नाराका साथ विभिन्न ठाउँमा सेवा गर्ने क्रममा धितालको विद्यालयमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममा एनसिसि अल्मुनाई गण्डकी प्रदेशका निर्देशक उर्मिला श्रेष्ठले एनसिसिले विपतका बेला मात्र नभई आवश्यक परेको ठाउँमा यसरी सहयोग गरेकाे बताउनुभयो ।

कार्यक्रममा एनसिसि क्याडेटहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका प्रधानध्यापक चुनमाया गौतमले विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयका विद्यार्थीलाई सम्झेर सहयोग गर्न आएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्नुयो ।

सो अवसरमा विद्यालयमा अध्ययन गर्ने ३६ विद्यार्थीलाई स्विटर, ज्याकेट लगायत जाडोका कपडा, शैक्षिक सामाग्री लगायत केहि खाद्यान्न सामाग्री सहयोग गरिएको एनसिसि अल्मुनाई गण्डकी प्रदेशका निर्देशक श्रेष्ठले बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त विद्यालयमा श्रेष्ठले विगत ४ वर्ष देखि विद्यार्थीहरुलाई खाजाको व्यवस्थापन गर्दै आउनुभएको छ भने उहाँकै पहलमा अक्षयकोषको स्थापना पनि भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका