नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे भनाइ – Samacharpati Samacharpati नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे भनाइ – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे भनाइ

नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे भनाइ

नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीकाे भनाइ

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने बताउनु भएको छ । बुधबार कोरोनाविरुद्धको खोपको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले माघ १८गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान पनि गर्नुभयो । भारतले अनुदानमा दिएको १० लाख डोजको कोभिशिल्ड खोप लगाउने अभियान आजबाट सुरु भएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउनु भएको छ ।

सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई पहिलो चरणमा खोप लगाउने बताएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका