प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला कास्की चुनाव तयारीमा उचालियो – Samacharpati Samacharpati प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला कास्की चुनाव तयारीमा उचालियो – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला कास्की चुनाव तयारीमा उचालियो

प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला कास्की चुनाव तयारीमा उचालियो

प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला कास्की चुनाव तयारीमा उचालियो

पोखरा,१४ माघ । प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा दिनहुँ बहस चलिरहेका बेला निर्वाचन आयोगले भने जिल्ला तहमै चुनावको तयारी थालेको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि आफूहरुले तयारी सुरु गरेको कास्कीका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । अन्तरक्रिया गरी कार्यालयले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य माघ १५ देखि सुरु गर्ने जानकारी दिएको हो । उक्त समयमा मतदाता नामावलीविरुद्ध दाबी विरोध गर्न सक्ने पनि जानकारी दिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानी सञ्चालन गरिने कार्कीको भनाइ छ । कार्यक्रम स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म र जिल्लामा माघ १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।अद्यावधिक कार्यको लागि प्रत्येक गाउँपालिकामा सहायक नाम दर्ता अधिकारी पठाइसकिएको उनले जानकारी दिए । मादी गाउँपालिकामा सञ्जयप्रसाद बराल, रुपामा अशोक परियार, माछापुच्छ«ेमा विष्णुप्रसाद अधिकारी, अन्नपूर्ण गाउँपालिकामा खुमादेवी रेग्मी र पोखरा महानगरपालिकामा मञ्जु ढुंगाना सहायक नाम दर्ता अधिकारी तोकिएको कार्कीले जानकारी दिए ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, नाम उपर विरोधमा उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका र नागरिकता त्याग गरेकाको नाम हटाउनको लागि निवेदन दिने समय माघ १६ देखि १८ गतेसम्म समय तोकिएको छ । यसैगरि २०७४ को निर्वाचनपछि कास्कीमा ९ हजार ९ सय ४२ जना मतदाता थपिएका छन् । योसँगै कास्कीमा मतदातको संख्या २ लाख ६५ हजार ३ सय ९६ मतदाता छन् । जसमा पुरुषको संख्या १ लाख २४ हजार ६ सय ३१ र महिलाको संख्या १ लाख ४० हजार ७ सय ६१ छ भने तेस्रो लिंगीको संख्या ४ जना छ । ‘यो संख्या पुस ५ गतेसम्मको दाबी विरोध गर्नुपूर्वको हो,’ उनले भने, ‘दाबी विरोधपछि केही मात्रामा घट्नसक्छ ।’ कास्कीको क्षेत्र नम्बर १ मा १ लाख ७ सय १६, क्षेत्र नम्बर २ मा ७२ हजार ९ सय ३३ र क्षेत्र नम्बर ३ मा ९१ हजार ७ सय ४७ मतदाता संख्या छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका