बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने,बाढीले प्रदेशमा ३ अर्बको क्षति – Samacharpati Samacharpati बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने,बाढीले प्रदेशमा ३ अर्बको क्षति – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने,बाढीले प्रदेशमा ३ अर्बको क्षति

बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने,बाढीले प्रदेशमा ३ अर्बको क्षति

बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने,बाढीले प्रदेशमा ३ अर्बको क्षति

बागलुङ,१४ माघ । बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् ।

साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् ।यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् ।समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउनुभयो । गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनःनिर्माणको समेत काम थाल्न लागेको छ । बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो ।विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउनुभयो । गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनःनिर्माणको समेत काम थाल्न लागेको छ । बागलुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो ।त्यसैगरी आदर्श समाजले बाढीले प्रदेशमा ३ अर्व रुपैँया सावृजनिक गरेको खबर सार्वजनिक गरेको छ । बाढी पहिरोले क्षति भएको ६ महिनापछि बल्ल क्षति आँकलन गरेर बजेट माग गरिएको छ । सरकारी विवरण अनुसार २ अर्व ८० करोडको क्षति भएको छ । सबैभन्दा बढी सडकमा क्षति भएको छ । १ खर्ब ७६ करोडको नोक्सानी सडकमा मात्रै ब्यहोर्नुपरेको हो । सिँचाइमा ३० करोड ७१ लाख, खानेपानीमा १५ करोड ९८ लाख, विद्यालय र क्याम्पसमा ३ करोड ९४ लाख, स्वास्थ्य चौकी तर्फ ३ करोड ९४ लाख, सरकारी र सामुदायिक भवन २ करोड २९ लाख, विद्युत ११ करोड ६५ लाख र अन्य २५ करोड ४९ लाख क्षति भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । (रासस )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका