पोखरा,१४ माघ । पहिलो चरणको कोभिड–१९ खोप अभियानका लागि गण्डकी प्रदेश १४ वटा खोप केन्द्र तोकिएको छ ।
सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी कास्कीमा ४ सहित १४ स्थानमा खोप केन्द्र तोकिएको जानकारी दिएको हो । भारतको सहयोगमा नेपाललाई प्राप्त खोपमध्ये गण्डकीलाई ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीसहित गण्डकी प्रदेशका अन्य १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएकोमा सबै जिल्लामा खोप पठाइसकिएको र आवश्यक तयारी पूरा भएको डा शर्माले बताए ।त्यसैगरी कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गर्नुभएको हो । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सक्ने र पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने जनाएको छ ।आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । त्यसैगरी