कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने – Samacharpati Samacharpati कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

काठ्माण्डाै, १३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।

यसअघि पार्टीको पदाधिकारी बैठकले माघ १९, २४ र २७ गते विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको थियो । बैठकले माघ २७ गतेको विरोध कार्यलक्रमलाई तीन दिन पछि सार्दै ३० गते पुर्याएको हो । सभापति देउवा पक्षधरले विरोधका थप कार्यक्रम गर्न इच्छुक नदेखिए पनि पौडेल समूहको जोडबलका कारण काँग्रेसले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, आन्दोलनरत दल, सञ्चारमाध्यममाथि गरेको टिप्पणी र अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ । यस्तै सोमबार बालुबाटार आगाडि नागरिक समाजका अगुवाहले गरेको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका