सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालन – Samacharpati Samacharpati सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालन – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालन

सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालन

सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालन

पोखरा, १३ माघ । पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । सौन्दर्यकर्मी चिनु गुरुङले पोखराको महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।

सौन्दर्य क्षेत्रमा २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको गुरुङले बताउनुभयो । सो शाखाको अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गर्नुभयो । विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला, संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टर विशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका